काठमाडौं। सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ। शुक्रबार सूचना जारी गर्दै विभागमा कार्यरत एक कर्मचारीमा कोभिड १९ सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएकाले विभागले दैनिक प्रवाह गर्ने सेवा प्रवाह स्थगित गरेको जनाएको छ।
विभागले प्रत्यक्ष जनसम्पर्कमा रहेर गर्ने सेवा प्रवाहहरू पत्रकारहरूको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/ नवीकरण, अनलाइन सञ्चारमाध्यम जारी/पुन:जारी तथा नवीकरण, प्रसारण तर्फको सम्पूर्ण सेवा प्रवाह अर्को सूचना जारी नहुँदासम्मको लागि बैशाख १९ गतेदेखि लागू हुने गरी स्थगित गरिएको शाखा अधिकृत वसन्त बहादुर खत्रीले जनाएका छन्।
उनका अनुसार प्रसारण संस्थासँग सम्बन्धित इजाजत/लाइसेन्स जारी/नवीकरण, वि.मु. सिफारिस, क्लिन फिड अनुगमन र श्रमजीबी पत्रकारहरूको उजुरी लिने जस्ता सेवा प्रवाहरू भने यथावत सञ्चालनमा रहेको बताएका छन्।

