काठमाडौं। खानेपानी मन्त्री मणि थापा कोभिड १९ सङ्क्रमित भएका छन्। बिहीबार गरिएको स्वाब परीक्षण गर्दा उनलाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको।
मन्त्री थापाको सचिवालय स्रोतका अनुसार आज बिहान आएको रिपोर्टमा उनलाई सङ्क्रमण पुष्टि भएको जनाएको छ। साथै, मन्त्री थापाको स्वास्थ्य भने सामान्य रहेको सचिवालयले जनाएको छ ।