काठमाडौं। नेपाल प्रहरीले निषेध बदेशको पालना नगर्ने करिब ३ हजार सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार २ हजार १ सय ४५ दुई पाङ्ग्रे तथा ९ सय ३५ चारपाङ्ग्रे सवारी साधनलाई निषेध आदेशको पालना नगरेकाले नियन्त्रणमा लिएको हो।
पछिल्लो २४ घण्टामा प्रहरीले निषेध आदेश पालना नगर्ने ४ हजार ३ सय ३१ जना सर्वसाधारणलाई नयन्त्रणमा लिएको जनाएको छ। मास्क नलगाउने १ हजार ९१ जना कारबाहिमा परेका छन्।
त्यस्तै नेपाल प्रहरीको कोभिड १९ विरुद्धको सचेतिकरण कार्यक्रम अन्तर्गत १ लाख ३२ हजार ९ सय ४६ जनालाई मास्क वितरण गरेको जनाएको छ।