काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ८ सय ९७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर विधि र ९ सय ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ति सङ्क्रमित पुष्टि भएका हुन्। जसमा पिसिआर विधिबाट ४ हजार ७ सय ७४ र एन्टिजेन बिधिबाट १ सय २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस सँगै नेपालमा संक्रमितको संख्या ३० हजार २०९ पुगेको मन्त्रालयले जनाएको छ।