आदिवासी जनजाति र नेपाली कांग्रेस बिषयक एक दिवसीय बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । ३१ औं बिश्व आदिवासी दिबसको अबसरमा लोकतन्त्रका लागी ऐक्यबद्धता नेपालले अनामनगर काठमाडौं स्थित उत्त कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघका पुर्ब अध्यक्ष तथा संविधान सभा सदस्य नागेन्द्र कुमार कुमालको अध्यक्षता आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसमा सम्बद्ध आदिवासी जनजाति नेताहरु, पार्टीको केन्द्रिय समिति सदस्यहरु, सांसदहरु लगायत विभिन्न समितिका पदाधिकारीहरुको उल्लेख उपस्थिति रहेको थियो । नेपाल काङ्ग्रेस आदिवासी जनजाति बिभागका प्रमुख तथा पुर्ब मन्त्री दिलमान पाख्रीनले बिपिको तस्बिरमा माल्यार्पण गरि बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
जनताको बिचमा जाँदा नेपाली काङ्ग्रेसलाई २००७ सालको बिपिको सिद्धान्त मात्र रटान दिएर पर्याप्त हुँदैन पार्टीलाई समय सापेक्ष समयानुकुल बानाउदैँ लानु पर्ने कार्यक्रमका प्रमुख व्यक्ता समाजशास्त्री एंवम मानवशास्त्री प्रा. डा. कृष्ण हाछेथुले बताउनु भयो । तत्कालीन समयमा बिपिको शब्दमा समाबेशी लोकतन्त्र नभएता पनि व्यबहारमा समाबेशी लोकतन्त्र रहेको अनुभव डा. हाछेथुले राख्नु भयो । तर नयाँ ब्यवस्थामा आदिवासी अधिकारको बिषय पेचिलो रुपमा उठेपनि देशका राजनीतिक नेतृत्वहरुले बेवास्ता गर्दा ओझेलमा पर्ने खोजेको उहाँले बताउनु भयो । पहिचानको अधिकार झर्ला र खाउँला भन्ने सोच बोकेर हुँदैन जगै देखि बलियो बनाउनु पर्छ । अब नेपाली काङ्ग्रेसका आदिवासीहरुले पार्टी भित्र पहिचानको अधिकार खोज्नु पर्छ, नेपाली काङ्ग्रेसमा आदिवासीहरुको ठूलो योगदान छ, यस को उचित मुल्यांकन हुन जरुरी छ डा. हाछेथुले बताउनु भयो । आदिवासी कोटाबाट निर्वाचित पदाधिकारी तथा सांसदहरुले समेत आदिवासी अधिकारको बिषय उठाउन गर्नु नसक्नु दु:खद रहेको पनि उहाँले बताउनु भयो । अब नेपाली काङ्ग्रेसबाट नै आदिवासी अधिकार सुनिस्चित गराउन सफल हुनुहोस, त्यो अभियानमा लाग्न शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
लोकतन्त्र र समाजबाद प्रति नेपाली काङ्ग्रेस पार्टी पुर्ण प्रतिबद्ध रहेकोले आदिवासी जनजातिको अधिकार नेपाली काङ्ग्रेस भित्रबाट पुर्ण र रुपमा सुनिस्चित हुने बिश्वास रहेको नेपाली काङ्ग्रेस आदिवासी जनजाति बिभाग प्रमुख तथा पुर्ब मन्त्री दिलमान पाख्रीनले बताउनु भयो । आदिवासी अधिकार सम्बोधनको लागि सम्पुर्ण आदिवासीहरु एक जुट हुनु पर्ने आवश्यकता रहेको समेत उहाँले भन्नूभयो । नेपाली काङ्ग्रेसनै मुलुकको निर्णायक पार्टी रहेको प्रमुख तामाङले बताउनु भयो ।.
नेपाली काङ्ग्रेसका केन्द्रिय नेतृत्वहरुले आदिवासी अधिकारको बिषय सकारात्मक रुपमा लिएको र अब नेपाली काङ्ग्रेस भित्र नै आदिवासीहरुको अधिकार सुनिश्चित गराउने लोकतन्त्रबादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओम घर्तीमगरले बताउनु भयो । नेपालको प्राकृतिक स्रोत संगै जैविक विविधता संरक्षणमा आदिवासीहरुको महत्वपूर्ण भुमिका रहेको कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवि थापाले बताउनु भयो ।
नेपाली काङ्ग्रेस नेपालको पुरानो एंवम प्रमुख पार्टी भएकोले आदिवासीहरुको पहिचान र अधिकारलाई सम्बोधन गरेर नेपाली काङ्ग्रेस पार्टीलाई समय सापेक्ष सबैको साझा पार्टी बनाएर जानुपर्ने केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति नागेन्द्र कुमार कुमालले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

