दानियल सुनुवार, रामेछाप। विश्व भूगोलले प्राचीन कालदेखि नै अनेकौँ विपतको सामना गर्दै आएको छ। शक्तिशाली देश तथा विकसित मुलुकसमेत हार खाईरहेको अवस्था छ। 

नेपालमा प्राकृतिक प्रकोपको सामना गर्न हम्मेहम्मे परेको छ। बाढीपहिरो, हिमपात, डुबान, भुकम्प हुँदै कोरोना भाइरस जस्ता विश्वव्यापी महामारीको सामना गर्दै आइरहेको छ। 
कोभिड १९ को दोस्रो लहरको प्रकोपको सामना गर्दै गर्दा विभिन्न स्थानहरूमा यस वर्ष आगलागीले बनजङ्गला जस्ता अमूल्य सम्पदाहरू विनास हुँदै आएका छन्।

आज बिहान करिब १० बजेबाट जल्न सुरु गरेको आगोले दोलखा तामाकोसी गाउँपालिका वडा नं. ७ को हावा सल्लेनी जंगलमा दिनभरी नै डढेलोले नष्ट भएको छ। आगोको विनासकारीरुप बढ्दै गएपछि स्थानीय बासीहरू र नेपाली सेनाले नियन्त्रणमा लिने प्रयास गरे पनि जङ्गल र भिर चट्टानको कारण आगो नियन्त्रणमा लिन सकेका छैनन्। आगो सल्काउने व्यक्तिको खोजी भइरहेको स्थानीयले जनाएका छन्। 

स्थानीय बासीहरू आगोको धुँवाको मुस्लोको कारण स्वासप्रश्वासमा धेरै गाह्रो भएको आँखा पोलेकोले समस्यामा परेको बताउनु भयो। आगलागिबाट हावा तल्लो गाउँ, जोगीडाँडा र तुस्पे गाउँ उच्च जोखिममा छन् । २ वटा सामदियक वन जलेर नष्ट भएपनि मानवीय क्षती भने नभएको बुझीएको छ।