अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाको आठौँ अधिवेशन सम्पन्न भएको छ। आईतबार २५ अप्रिल सम्पन्न अधिवेशनले सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
आठौँ अधिवेशनबाट अध्यक्षमा सुमन थाम्सुहाङ लिम्बू , बरिष्ठउपाध्यक्षमा युगेश लिङदेन लिम्बू , उपाध्यक्ष ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे लिम्बू, कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू र सह-कोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो सर्वसहमतिले निर्वाचित भएका हुन्।
त्यस्तै सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणिलिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बु र कृष्ण फोम्बो लिम्बू सर्वसममतिबाट निर्वाचित भएका छन्।
यक्थुङ चुम्लुङ नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)को स्थापनाकाल देखीको सदस्य संस्था हो ।