आदिवासी जनजाति तथा स्थानीय समुदायहरूको जलवायु न्याय र अधिकार सुदृढीकरणमा सञ्चार माध्यमको भूमिकालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित "जलवायु उत्थानका लागि आदिवासी सञ्चारको क्षमता सुदृढीकरणः राष्ट्रिय सञ्चार साक्षरताका साथै नीतिगत वकालत सम्मेलन" लुम्बिनीमा सम्पन्न भएको छ।

सम्मेलनमा सातै प्रदेशका पत्रकार, नीतिनिर्माता, विषय विज्ञ, नागरिक समाज तथा संचार संस्थाहरूबाट संचालकहरुको को सक्रिय सहभागिता रहेको थियो।

"आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम नेपाल)" को कार्यक्रम नेपालको कार्यकारिणी संस्था  नेपाल ग्रामीण पुनर्निर्माण (आर आर एन) ले आयोजना गरेको सम्मेलनमा जलवायु न्यायमा आदिवासी सञ्चारको सशक्त भूमिकालाई उजागर गरेको छ ।

डिजिएम नेपाल परियोजना जलवायु लगानी कोष (Climate Investment Fund - CIF) र विश्व बैंकद्वारा सन् २०१० मा सुरु गरिएको अन्तर्राष्ट्रिय कार्यक्रमको एक हिस्सा हो । जसले नेपालमा आदिवासी जनजाति तथा वनमा आश्रित समुदायहरूको REDD+, जलवायु तथा वन कार्यक्रमहरूमा समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्य राख्दछ।

डिजिएम नेपाल राष्ट्रिय संचालक समितिका सदस्य तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको   अध्यक्ष गजुर्धन राईले अध्यक्षता गरेको कार्यक्रममा डिजिएम नेपाल राष्ट्रिय संचालक समितिको सह-अध्यक्ष रहेको संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का महासचिव दिवस राई त्यसैगरि  डिजिएम नेपाल राष्ट्रिय संचालक समितिका सदस्य तथा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष/ प्रमुख सल्लाहकार अमृतबहादुर सुनुवारको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात सँगै डिजिएम नेपालकी कार्यक्रम अधिकृत साधना साँवा लिम्बुले सम्मेलन बारे प्रकाश पार्दै "संवेदनशीलता, सशक्तीकरण र संरचनात्मक आवाजको संयोजन नै  आदिवासी सञ्चार रहेको बताइन् । संचार परिधिबाट स्थानीय देखी केन्द्रसम्म आदिवासी आवाज पुर्याउने हाम्रो साझा अभियानलाई सार्थक बनाउने यस सम्मेलनबाट अपेक्षा लिएको समेत बताइन् ।"

कार्यक्रममा पत्रकार खिम घले र टेकराज थामीले कार्यपत्र प्रस्तुत गरेका थिए भने अमृत बहादुर सुनुवार, गजुर्धन राई, दिवस राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जलवायु न्याय, REDD+ र दिगो विकासमा आदिवासी सञ्चारको भूमिका, नीतिगत वकालतमा सञ्चारको प्रयोग, अधिकार र पहिचान संरक्षण, अनुसन्धानमूलक पत्रकारिता र आदिवासी सन्दर्भमा नैतिक रिपोर्टिङ, सञ्चारकर्मीहरूको अनुभव, पेसागत चुनौती र विविधतासम्बन्धी छलफल भएको थियो ।

सहभागीहरूले सञ्चारलाई सामाजिक रूपान्तरणको माध्यम, जलवायु न्यायको नेतृत्व उपकरण, र परम्परागत ज्ञानको संवाहकको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका केहि तस्बिरहरु: