काठमाडौं। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठकले जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको सेवा बन्द गर्ने निर्णय गरेको छ। यस अवधिमा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक मात्रै प्रदान गर्ने भएको छ। कोभिड १९ सङ्क्रमणको को दोस्रो लहर नेपालमा पनि फैलिएकाले उक्त निर्णय लिनु परेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरिकएको जिल्ला प्रशासन काठमाडौं स्रोतले बताएको छ। निर्णयअनुसार सोमबारदेखि लागू हुने  गरी एक हप्ताका लागि अत्यावश्यक सेवा बन्द गरिएको हो।

बैठकले जिल्लाका अन्य कार्यालयहरू पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न सुझाब दिएको छ।