आफ्नो मृत्यु अगाडि बाबुले छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो I यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो I

यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ I”एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ I”

त्यसो भए तिमी कफी सपमा सोधेर आऊ I छोरा एकछिन पछि फर्केर आएर भन्यो, “त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछन I”

त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ I एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो,” त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ !”

बाबुले घडी छोराको हातमा राख्दै भने “बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् I त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् I