काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। २४ घण्टामा जम्मा ८ हजार ७ सय ९८ पीसीआर परीक्षणमा ती सङक्रमितको संख्या पुष्टि भएको हो। 

त्यस्तै, कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ, भने ४ सय १० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर अहिले कोभिड १९ का सक्रिय सङक्रमितको संख्या १४ हजार ७ सय २४ रहेको छ। 

उपत्यकामा झण्डै एकहजार सङ्क्रमित थपिए:

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४० जना कोभिड सङ्क्रमित थपिएका छन्। जसमा, काठमाडौंका ७ सय ६० जना, भक्तपुरका ७४ जना र ललितपुरका १ सय ६ जना रहेका छन् ।