२०८१ साल असोजमा आएको भीषण बाढीले रामेछापको प्रमुख सडकमार्ग रहेको खैरेनीघाट र खुर्कोटको पुल बगाएको थियो । उत्त पुलहरु पुनःनिर्माणको लागि रामेछाप जिल्लाको प्रतिनिधि सभा सदस्य समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) को पहलमा बजेट सुनिश्चित भएको छ ।
खैरेनीघाटमा २५ करोडको लगानीमा पक्की पुल निर्माण हुँदैछ, जसले सिन्धुली र रामेछापबीचको आवागमन सहज बनाउनेछ। त्यस्तै, खुर्कोटमा १५ करोडको पक्की पुलले काठमाडौं, सिन्धुली, तराई र रामेछापलाई जोड्दै आर्थिक तथा व्यापारिक गतिबिधिलाई प्रवर्धन गर्नेछ।
मन्त्री तामाङकै पहलमा तत्काल सिन्धुली र रामेछापको सिमानामा पर्ने मुख्य सडकमार्ग खुर्कोटमा बेलि बृज निर्माण गरि यातायात संचालनमा ल्याईएको थियो ।
साथै, रामेछाप जिल्लाभर विद्युतीकरण र सडक कालोपत्रेको लागि तत्काल ५ करोड ६० लाख बजेट सुनिश्चित भएको जनाइएको छ । यस अभियानले गाउँ, बस्ती र दुर्गम क्षेत्रलाई उज्यालो पार्दै रामेछापलाई आधुनिक विकासको गतिमा अघि बढाउनेमा रामेछापबासी बिश्वास छ ।