सिन्धुली। सिन्धुली जिल्लास्थित दुधौली नगरपालिकाले कोभिड १९ सङ्क्रमण नियन्त्रणमाका लागि एक साता लकडाउन गर्ने घोषणा गरेको छ। बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा १० गतेदेखि लकडाउन गर्ने घोषणा गरेको हो ।

दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतका अनुसार बुधबार नगरको वडा नं. १ का एक व्यक्तिमा कोभिड १९ पुष्टि भएपछि त्यसतर्फ सचेत हुँदै  जोखिममा रहेका नगरका तीनवटा वडामा लकडाउन गर्ने निर्णय गरेको बताएका छन्। नगरपालिकाका १, २ र ४ वडा बैशाख १० देखि १७ सम्म लकडाउन गर्ने घोषणा गरिएको छ।

लकडाउन घोषणा गरिएका वडाहरूमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।

यसका साथै नेपाल सरकाले जारी गरेको सबै आदेश पूर्णरुपम पालना गर्नुपर्ने नगरपालिकाले बताएको छ।

नगरपालिकाले जारी गरेको सूचना: