नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशनबाट युवराज श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएका छन ्। रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित तीनलाल पार्कमा चैत्र १ र २ गते संचालन भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्षमा दिल बहादुर लामा, महिला उपाध्यक्षमा अनिता डंगोल, महासचिवमा राजु नापित, संस्थागत सचिवमा हिरालाल गुरुङ, महिला सचिवमा निशा गुरुङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, अनुशासन समिति संयोजकमा जगत तामाङ चयन भएका छन ।

कार्यसमिति सदस्यहरूमा क्रमशः वावुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापती, रवि महर्जन, जर्नेल घले, तेज नाहिरिङ राई, श्यामलाल लामा, विशाल राज राई, लेखा समिति सदस्यः निर बहादुर तामाङ, अनुशासन समिति सदस्यः प्रदिप कुमार श्रेष्ठ, संघीय प्रतिनिधिहरूः सरस्वती श्रेष्ठ, राजेश रुम्बा लामा, र श्याम राना मगर निर्वाचित भएका छन ।

महाधिवेशनले आगामी कार्यकालका लागि प्रदेश कमिटीलाई सशक्त बनाउँदै पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको हकअधिकारको पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।