सिन्धुली। नेपाल निजामती कर्मचारी संगठन कमलामाई नगर कमिटीको दाेस्राे नगर अधिवेशनबाट नविन लामिछानेको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत चयन भएको छ। आईतबार साँझ निजामती कर्मचारी सङ्गठनको सभाहलमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा लामिछानेसहित नगर कमिटी सर्वसम्मत चयन भएको हो।
कमलामाई नगरपालिकाको दोस्रो अधिवेशनमा नगर कमिटी अध्यक्ष अनन्त पाेखरेल ज्यूकाे अध्यक्षता, तथा नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीका सचिव दिपक तिमल्सिनाको प्रमुख आतिथ्यता, अतिथिहरू कमलामाई नगरपालिका, सिन्धुलीका उप-प्रमुख मन्जु देवकोटा, नेकपा एमाले सिन्धुली जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ ,पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, पेसागत महासंघ नेपाल, सिन्धुली अध्यक्ष अध्यक्ष बविन्द्रदलाल माझि, आधिकारीक ट्रेड युनियन सिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्की, स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष मुकेश तामाङ लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियोे ।