सिन्धुली। नेकपा एमाले निकट नेपाल निजामती कार्मचारी संगठन फिक्कल गाउँपालिकाको प्रथम अधिवेशनबाट नारायण अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। त्यस्तै गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा सिर्जना थापा सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। संगठनले शनिबार दुवै पालिकाको प्रथम अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत पालिका स्तरिय कमिटी निर्माण गरेको हो।
फिक्कल गाउँपालिकामा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको र गोलञ्जोर गाउँपालिकामा थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको निजामती कर्मचारी संगठनका सिन्धुली जिल्ला अध्यक्ष पदम मगरले बताउनु भयो। उहाँका अनुसार फिक्कल गाउँपालिकाबाट उपाध्यक्षमा लेखनाथ फुयाँल, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा सानु पौडेल निर्वाचित भएका छन भने सदस्यहरुमा बद्री गौतम, गोविन्द शाही, दिल कुमारी राना, धनकुमारी सुनुवार, तुलसा लामिछाने, फणिन्द्र पहाडी, चेतप्रसाद काफ्ले, हिरालाल मगर र गुणराज पहाडी, सदस्यहरुमा दिपक थापा, गोपाल मंग्राती, भास्कर थापा, हिरा राना मगर, हिमाल श्रेष्ठ, विनिता मगर चयन भएका छन् ।
पालिका स्तरिय प्रथम अधिवेशन कार्यक्रम नेपाल निजामती कार्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षता तथा संगठनका केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।