रोयल ए–वान फाष्टफुड ग्रुपको खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  सोमबार ए-वान क्याफे गौंरीघाट स्थित हरि बहादुर श्रेष्ठ (नविन) को अध्यक्षतामा उत्त कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोयल ए–वान फाष्टफुड ग्रुपको सम्पुर्ण शाखाहरुले खाना, सर्भिस, ड्रेस, मेन्यूको एकरुपताका साथै खाद्य स्वच्छता तथा सेवा उत्कृष्टतामा सक्रियता पूर्वक निरन्तरता दिई ग्राहकहरुमा अझै नयाँ नयाँ स्तरिय सेवा सुविधा दिनुपर्ने संस्थाका अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) ले बताएका छन ।



कार्यक्रम संचालनको क्रममा संस्थाका सचिव राकेश श्रेष्ठले विगत ३० वर्ष अगाडि २/४ वटा टेवलबाट सुरुवात गरिएको रोयल ए–वान ग्रुपको ब्यबसाय  आज २१ वटा शाखा, होटल, रेष्टुरेण्ट, पार्टी प्यालेससम्मको सफलता हाँसिल गर्नु आफैंमा एउटा ठूलो उपलब्धि रहेको बताए ।

साथै आगामी दिनमा थप ग्राहक महानुभावहरुको चाहाना अनुसार प्रतिस्पर्धात्मक बजारमा श्रेष्ठता हाँसिल गर्नका लागी खाना र सर्भिसलाइ गुणस्तरीय बनाई आगामी दिनमा नयाँ प्रविधिबाट आम ग्राहक महानुभावहरुको बीचमा स्थापित गर्दै स्टार होटल, रिसोर्टको रुपमा समेत बिकास गर्नु पर्ने बताएका छन । हाल रोयल ए–वान ग्रुपमा १५० भन्दा माथी उद्यमी र १००० जनाको हाराहारीमा रोजगारी सिर्जना भएको पनि श्रेष्ठले वताए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष भिम बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी सम्पुर्ण शाखाबाट आफ्नाे काम कर्तव्य, जिम्मेवारी बोध गर्दै, आगामी दिनमा पनि सेफ, म्यानेजर, क्याप्टेन र अन्य कर्मचारीलाई सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिनु पर्ने बताए ।



एक्जुकेटिभ सेफ, सेफ एसोशिएसनका पूर्व अध्यक्ष राम अधिकारीले खाना उत्पादन र वितरण बारे खानालाई बजार माग अनुसार नेपाली पन दिनुपर्ने, किचनमा कार्यरत जनशक्तिहरु नम्र भई खुसी साथ सेवा दिनु पर्ने, खाना पकाउने तरिका स्टिमिङ, बोइलिङ, फ्राई, टेम्प्रेचर, ग्रिल, वोइलको मात्रा ग्राहकको चाहाना अनुसार व्यवस्थित गर्नुपर्ने, खाना उत्पादनमा आकर्षक तरिकाले विशेष सजावट तरिकाले आँखाको ध्यान केन्द्रित हुने गरि राम्रो र उत्कृष्ट बनाउनु पर्ने, किचनमा प्रयोग गर्ने कच्चा पदार्थ, सामानको गुणस्तर राम्रो र ताजा हुनु पर्ने, टिमवर्कमा काम छिटो छरितो र गुणस्तरीय गर्न सकिने बताएका छन ।

बजारमा ग्राहकहरुको माग राम्रो भएका खाना उत्पादन र वितरणमा जोड दिँदै छिटो छरितो र छोटो मेन्यू व्यवस्थापन गर्नुपर्ने, डाक्टरको अप्रेशन थिएटर भन्दा पनि संवेदनशिल किचन र जनशक्ति हुनु पर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना उत्पादन र वितरणका नियमहरु, आन्तरिक किचनमा किचन सेटिङ्ग सम्बन्धी फ्रिजिङ, लेबलिङ सरसफाइ हाइजेनिक सम्बन्धी किचनमा आइ पर्ने समस्या र समाधान, ग्राहकको माग बमोजिम नेपाली खाना नेपाली पनलाई ए वान ग्रुपले नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।



रोयल ए–वान ग्रुपका सञ्चालक सदस्य तथा प्रशिक्षक विष्णु श्रेष्ठले एफ एण्ड डी सर्विस सम्बन्धी प्रशिक्षणमा सर्व प्रथम आफैलाई आफै प्रश्न गरि होटल रेष्टुरेण्टमा काम गर्दा आफ्नाे जिम्मेवारी वहन गर्नुपर्छ किनकि पदिय जिम्मेवारी महत्वपूर्ण हुन्छ त्यसैले हामीले कुशल नेतृत्व गर्नु पर्छ, सामूहिकतामा कम्पनी अगाडि बढाउन सकिन्छ भन्दै हामी सबैले सीप सिकेपछि आफ्नाे व्यवहारमा प्रयोग गरि व्यवसायिक विकासमा अगाडि जानु पर्ने बताए ।

काम कर्तव्य जिम्मेवारी प्रति सेफ, म्यानेजर, क्याप्टेन लगायत कर्मचारीहरु वफादार हुन आवश्यक रहेको र  व्यक्तिगत सरसफाई, ग्राहकलाई स्वागतदेखि विदाईसम्म गर्दा ग्राहक महानुभावको चाहाना अनुसार खाना सर्विस, प्लेटिङ, डेकुरेशन, आदर–सत्कार सहित आकर्षक तरिकाले सर्विस गर्नु पर्ने, प्रतिस्पर्धात्मक बजार अनुसार सर्भिसमा ध्यान दिई व्यवसायिक विकासका लागि आफ्नो लक्ष्य अनुसार कम्पनी अगाडि बढाउनु पर्ने बताए । सो कार्यक्रममा रोयल ए–वान फाष्टफुड ग्रुपको कार्य समितिका पदाधिकारी सदस्यहरु र एक्काइस वटा शाखाका सेफ, म्यानेजर, क्याप्टेनहरुको उपस्थिति रहेको थियो ।