काठमाडौं। जापानले पाँच मिनेटमै कोरोना सङ्क्रमण भए नभएको पत्ता लगाउने प्रविधि विकास गरेको जनाएको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले सो प्रविधि पत्ता लगाएको हो।
जापानस्थित सञ्चारमाध्यमहरुले मङ्गलबार त्यस्तो प्रविधि पत्ता लागेको समाचार सार्वजनिक गरेका छन्। पिसिआर टेस्ट चलनमै रहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण पत्ता लगाउन कम्तीमा एक घन्टा लाग्ने गरेको छ ।
रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले पत्ता लगाएको नयाँ प्रविधि अनुसार अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट मै कोभिड–१९ पोजेटिभ भए नभएको पत्ता लगाईने छ।
नयाँ प्रविधिले कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने जापानस्थित विज्ञहरुले जनाएको जापानिज टेलिभिजन संस्था एन एच केले जनाएको छ।