सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी खुर्कोट पुलको निर्माण कार्य सम्पन्न भएको छ । बुधबार साँझ खुर्कोटमा बेलिब्रिज निर्माणको कार्य सम्पन्न भएसँगै दुई जिल्लाको  सडक संजाल पुन जोडिएको छ । 

बेलिब्रीज निर्माणको जिम्मा पाएको नेपाली सेनाले दुई जिल्ला जोड्ने पुल सँगै रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाको कारण सुनकोसी नदीले बगाएको थियो । 

खुर्कोटको पुल बगाए पश्चात्  रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो । खुर्कोट पुल बाढीले बगाएपछि दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन ।