तामाङ भाषाको चलचित्र म्हारमेनको विशेष प्रदर्शन भएको छ । शनिबार राष्ट्रिय नाचघर जमलमा  विभिन्न क्षेत्रको बिशिष्ट ब्याक्तीहरुको उपस्थितिमा चलचित्रको विशेष प्रदर्शन गरिएको हो । 

अजय स्याङ्ताङको निर्देशन रहेको चलचित्र म्हारमेन कलाकार रन्जिता ब्लोन लामाले निर्माण गरेका हुन । राष्ट्रिय आदिवासी जनजाति महिला मंचको अध्यक्ष एबं चलचित्रको कार्यकारी निर्माता सुनी लामाको अध्यक्षतामा औपचारिक कार्यक्रम सहित प्रदर्शन गरिएको कार्यक्रममा चलचित्र सफलताको लागि सहभागी अतिथिहरुले शुभकामना दिएका थिए । 

मम्स इन्टरनेसनल नेपाल प्रा लिको ब्यानरमा निर्मित म्हारमेनमा तामाङ जातिको मौलिक परिवेशमा भाषा संस्कृतिको महत्त्व बारे चित्रण गर्न खोजिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अमीर दोङ, रन्जिता लामा, कुइसाङ रुम्बा, सुश्मा मोत्तान, पदम तामाङ, अनिता नेघी तामाङ, राहुल मोत्तान लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

चलचित्र म्हारमेन अत्यन्तै राम्रो रहेको सहभागी दर्शकहरुले बताएका छन । चलचित्र लामो समय लगाएर धेरै मिहिनेतका साथ बनाएको निर्मात्री रन्जिता लामाले बताए ।