साहित्यकार पञ्चम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन भएको छ । कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथा समावेश छन् ।
बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष काशी दनाई, आइसीसी सदस्यद्वय मदन दवाडी, हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तीमगर, लेखक तथा स्तम्भकार दिलनिशानी मगर र पुस्तकका लेखक अधिकारीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियोे ।
आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि उहाँले ‘पथिक प्रवासन’ उपन्यास प्रकाशन गर्नुभएको थियो ।