दक्षिण कोरिया। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सर्वोच्चले दलको नाम खारेजी गरिदिए सँगै नेकपा एमालेमा देखिएको नेतृत्व विवाद र समानान्तर गतिविधिको प्रभाव प्रवासी नेपालीहरूमा पनि देखिएको छ। 

पार्टीको आन्तरिक विवाद छताछुल्ल पोखिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाललाई निलम्बन गरेसँगै उनले समानान्तर गतिविधि सञ्चालन गरेका छन् ।
यसैबीच माधव नेपाल समुहले शनिबार भर्चुअल माध्यमबाट दक्षिण कोरियामा समानान्तर कमिटी प्रवासी नेपाली मञ्च दक्षिण कोरिया गठन गरेको छ।

नेपाल समुहले दक्षिण कोरियामा शुभराज बोम्जनको नेतृत्वमा १९ सदस्यीय प्रवासी नेपाली मञ्च गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा अर्जुन बहादुर जागरी र रमेश थापा मगर, महासचिवमा राज कुमार राई(राजु), सचीवमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत बहादुर वाईबा, सूचना तथा सञ्चार विभागमा अमीर योन्जन, अनुसाशन विभाग प्रमुखमा जगदिश घराडि, युवा विभाग प्रमुखमा दशरथ कुँवर, केन्द्रीय सदस्यहरूमा झलक क्षेत्री, उमेश कुवर, युवराज राई (जेम्स), धन कुमार राई (डि आर राई), टिकाराम भट्टराई, उदिप थुलुङ, मदन कुमार गौतम, कृष्ण देउजा, सन्जिव खतिवडा र खानीमाया सुनुवार रहेका छन् । 

समानान्तर कमिटी निर्माणसँगै मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै २०७५ जेष्ठ २ गतेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच पर्टी एकताको सहमति र एकीकृत पार्टी बने पश्चात् देशले निकास पाउने र देशमा अस्थिरता सदाको लागि अत्य हुनेछ भन्ने एउटा आशा जागेको थियो त्यस बखत संयुक्त रुपमा चुनाव मा सहभागीभै सारा नेपाली जनताले उत्साहीत हुँदै एकीकृत नेकपा पार्टी लाई बहुमत दिएर उहाँले देश र जनताको हितमा काम गर्ने आफ्नै पार्टीको दुई तिहाई बहुमतको सरकार को प्रधानमन्त्री केपी ओली हुँदै गर्दा देश विकास र जनताको अपेक्षा अनुरुप देशको दिगो विकास सिंगो कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै लैजाने र एउटा इतिहास रच्ने सुनौलो मौका हुदा हुँदै जनचाहना बिपरित जनताको मतलाई लात मार्दै असंवैधानिक रुपमा जनता द्वारा निर्वाचित प्रतिनिधि सभा विघटन गरि देश र जनता माथी घात गरेको आरोप लगाएका छन् ।

प्रेस विज्ञप्ति: