काठमाडौं। पछिल्लो समय नेपालमा कोभिड १९ को सङ्क्रमणदर ज्यामितिय अनुपातमा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र नेपालमा १ हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले प्रेसमिट मार्फत जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडा अनुसार ५ हजार ८४ जनाको पिसिआर परिक्षणमा १ हजार ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। पुष्टि भएका सङ्क्रमितहरू मध्ये काठमाडौंका ३ सय २६, भक्तपुरका ४५ र ललितपुरका ६४ जना गरी उपत्यकामा ४ सय ३५ संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० जना रहेको छ ।