सिन्धुली। नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिको दोस्रो नगर अधिवेशन शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिका अध्यक्ष रामेश्वर दाहालको अध्यक्षता र नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंश बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

शिक्षक संगठनको दोस्रो नगर अधिवेशनले विष्णु फुयाँलको अध्यक्षतामा २६ सदस्यीय नवनिर्वाचित कार्य समिति सर्वसहमतिमा चयन गरेको छ।

सर्वससम्मन निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष विष्णु फुयाँल, उपाध्यक्ष शैलेन्द्र घिमिरे, महिला उपाध्यक्ष शुसिला सुनुवार, सचिव दिपेन्द्र थापा, कोषाध्यक्ष दुर्गा भुजेल, सह–सचिव सुनिता अधिकारी रहेका छन् ।

त्यस्तै, सदस्यहरू सन्तोष थापा, वसन्त लामा, मदन चौलागाई, सानुमाया ठोकर, बिनु खड्का, छविरवण पौडेल, दिपेन्द्र भुजेल, केवलकुमारी ठकुरी, भिष्मराज धमला, पुष्पलता बराल, शान्तिप्रसाद दाहाल, ईश्वरराज दाहाल, दिलबहादुर पौडेल, तेजबहादुर भुजेल सर्वसम्मत निर्वाचित भएका हुन्।

महिला सदस्यतर्फ कल्पना अधिकारी, बुद्ध कुमारी कार्की, गिता राउत, कुमारी आले र शारदा कार्की निर्वाचित भएका छन्, त्यस्तै संस्थागत सदस्यमा उषा पोख्रेल र राजकुमार खड्का,  निवृत्त तर्फ बद्री खड्का सर्वसम्मत भएका हुन्।

शिक्षक संगठनको दोस्रो नगर अधिवेशनले प्रदेश प्रतिनिधिहरुसमेत चयन गरेको छ। प्रदेश प्रतिनिधिमा रमेश कार्की, शान्ता आले, यादव सुवेदी, निरकुमारी चालिसे र लेखबहादुर कार्की रहेका छन्।
नगरभित्रका शिक्षहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।