काठमाडौं। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समितिको आयोजनामा "राष्ट्रिय जनगणना २०७८ र आदिवासी जनजातिहरूको सवाल" विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार महासंघको आयोजनामा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा तमु बौद्ध सेवा समिति, अनामनगरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापालाई सम्मान गरेको छ। त्यस्तै, गत चैत २० र २१ गते बुटबलमा सम्पन्न नेपाल आदिवासी जनजाति युवा महासंघको नवनिर्वाचित पदाधिकारूलाई उक्त कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरिएको छ।  यसैबीच नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले नयाँ वर्ष २०७८ सालको भित्ते पत्रो सार्वजनिकीकरण गरेको छ।

कार्यक्रममा सुनुवार विद्यार्थीको तर्फबाट सजिना सुनुवारले सुनुवार भातृभाषाको गितमा नृत्य प्रस्तुत गर्नु भएको थियो।

महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका सल्लाहकारहरू क्रमश: दिल गुरुङ्, कृष्ण मण्डल, डेकिन कुमार राई, थारु कल्याणकारी सभाका महामन्त्री प्रेमीलाल चौधरी, नेपाल आदिवासी जनजाति युवा महासंघका अध्यक्ष हेमन्त राई, कोषाध्यक्ष मानबीर सुनुवार, महासचिव किरण श्रेष्ठलगायत विभिन्न जातिय विद्यार्थी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।