काठमाडौं। सुनुवार राष्ट्रसेवक समाजद्वारा आयोजित सुनुवार राष्ट्रसेवक कप २०८१ फुटसल प्रतियोगिता २०८१ असोज ५ गते सम्पन्न भएको हो। उक्त प्रतियोगितामा फ्रेन्डसीप युथ क्लब दोलखा (बी) पहिलो, सेरेम्फु युथ क्लब दोलखा दोस्रो र लोकतान्त्रिक किरात सुनुवार संघ, नेपाल (सी) तेस्रो भएको थियो। खेल मनकामना फुटसल मैदान, माकलबारी, गोकर्णेश्वरमा सम्पन्न भएको थियो।

तस्वीर: निर्जला सुनुवार, वीर बहादुर सुनुवार