सिन्धुली। सुनुवार सेवा समाज जिल्ला समन्वय समिति सिन्धुली र सुनुवार सेवा समाज कमलामाई नगर समितिले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको महिला उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका सरला सुनुवारलाई सम्मान गरेको छ। समितिले शनिबार सिन्धुलीमाढीस्थित सुनुवार सेवा समाजको कार्यालयमा एक कार्यक्रमबीच नवनिर्वाचित सुनुवारलाई बधाई ज्ञपानसहित सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै सुनुवार सेवा समाज सिन्धुलीका अध्यक्ष महेन्द्र बहादुर सुनुवारले समुदायको प्रतिनिधित्व गर्दै सञ्चार जगतको प्रतिनिधित्व गर्ने महासंघमा निर्वाचित हुन सफल भएकोमा समुदायको पहिचानमा सराहनिय रहेको बताउनु भयो। समुदायको प्रतिनिधित्व अभाव खड्किएको अवस्थामा पत्रकार महासंघको जिम्मेवारी पदमा निर्वाचित हुनु भएको समग्र जिल्ला बासी सुनुवार समुदाय गौरवान्वित भएको अध्यक्ष सुनुवारले बताउनु भयो।

सु.से.स. जिल्ला समन्वय समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सु.से.स. केन्द्रीय सदस्य टंक माया सुनुवार, सु.से.स. जिल्ला अध्यक्ष महेन्द्र बहादुर सुनुवार,  सु.से.स. कमलामाई नगर समिति अध्यक्ष कर्ण बहादुर सुनुवार, सु.से.स. कमलामाई नगर समिति कोषाध्यक्ष नरेस सुनुवार,  भवानी सुनुवार, तोरन बहादुर सुनुवार, जीवन सुनुवार,  रामकुमार सुनुवारलगायतको उपस्तिथि रहेको थियो।

सम्मानित सुनुवार नेपाल पत्रकार महासंघको २०७७ चैत २५ गते भएको २६ औँ निर्वाचनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको महिला उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो।