काठमाडौं। सुनुवार सेवा समाज गोकर्णेश्वर नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। सुनुवार सेवा समाज नगर समितिको आयोजनामा गोकर्णेश्वर नगरपालिकाको सभाहलमा शनिबार दोस्रो नगर अधिवेशन कार्यक्रम माननीय सांसद् कृष्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माननीय सांसद् कृष्ण राईले नेपालका आदिवासी जनजाति सांस्कृतिक गहनाको रुपमा रहेको बताउनु भएको छ। आदिवासी जनजातिहरूमध्ये किरातीहरूको इतिहास पृथक रहेको बताउँदै सांसद् राईले गोकर्णेश्वर नगरपालिका आफ्नो क्षेत्र रहेकाले त्यहाँ रहेका आदिवासी जनजातिहरूको सामाजिक तथा सांसकृतिक विकास तथा जगेर्णामा आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा बिशिष्ट अतिथी सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणबिर सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष तथा सुनुवार सेवा समाज संघीय समितिका उपाध्यक्ष अमृत सुनुवार लगायतले शुभकामना मन्तव्य राख्न् भएको थियो

उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणबिर सुनुवार, विशेष अथिती आदिवासी जनजाति चलचित्र महासघंका अध्यक्ष अमृत बहादुर सुनुवार, विशेष अथिती सामुदायिक बन अध्यक्ष,  अथिती टिकाराम मुलिचा, कर्णेल राजेन्द्र प्रसाद सुनुवार लगायत काठमाडौँ र भत्तपुरका सुनुवार सेवा समाजका अध्यक्षहरू, विभिन्न गाउँ तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुनुवार सेवा समाज गोकर्णेश्वर नगर समितिको दोस्रो नगर सम्मेलनबाट बेद बहादुर सुनुवारको अध्यक्षतामा नौ सदस्यीय नगर समिति निर्वाचित भएको छ। आजै भएको बन्दसत्र कार्यक्रमबाट अध्यक्षमा बेद बहादुर सुनुवार, उपाध्यक्षमा मनमाया सुनुवार, सचिवमा कमल बहादुर सुनुवार, सह-सचिवमा कल्पना सुनुवार, कोषाध्यक्षमा अशोक सुनुवार र सदस्यहरुमा क्रमश: रुद्र बहादुर सुनुवार, शान्तमाया सुनुवार, मन बहादुर सुनुवार र गणेश सुनुवार निर्वाचित हुनु भएको छ।