काठमाडौं। प्रथम सुनुवार राष्ट्रसेवक कप २०८१ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मनकामना फुटसल मैदान माकलबारी काठमाडौंमा आयोजित फुटसल प्रतियोगिताको उपाधी फ्रेण्डसीप युथ क्लब दोलखा ९द्य०ले शनिबार साँझ फाइनल खेल जितेसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

सुनुवार राष्ट्रसेवक समाज काठमाडौंले “सुनुवार सामाजिक संस्थाहरूबीच सहकार्य अभियान, सुनुवार समुदायको राष्ट्र निर्माणमा सामुहिक योगदान” भन्ने नाराको साथ संविधान दिवस (राष्ट्रिय दिवस) तथा वार्षिक साधारण सभाको अवसरमा सुनुवार सुनुवार समुदायका सामाजिक संस्थाहरूबीच आपसी समन्वय, सहकारीता र हार्दिकता अभिवृद्धिका गर्ने उद्देश्यले आयोजित प्रथम राष्ट्रसेवक कप २०८१ समपन्न भएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष अमरदीप सुनुवारका अनुसार सुनुवार समुदायका युवाहरूको लोकप्रिय खेलको रुपमा फुटबल खेल रहेको र यस प्रतियोगितामा ऐतिहासिक उत्साह र सहभागिताका साथ प्रतियोगिता सम्पन्न भएको बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताले देशभरीका सुनुवार समुदायका फुटबल खेलीहरू र खेल प्रेमीहरूलाई एकठाउँमा उपस्थित गराउन सफल भएको बताउनु भयो । 

प्रतियोगितामा तीस टिम सहभागी रहेको र खेल नकआउट चरमा सेभेन ए साईडमा खेलाईएको उक्त खेलमा फ्रेन्डसीप युथ क्लब दोलखा (बी) ले उपाधी जित्दै नगद पच्चीस हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, दोलखाकै सेरेम्फु युथ क्लब दोलखाले प्रतियोगिताको उपविजेता बनेको छ। उपविजेता टोलीले नगद पन्ध्र हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने लोकतान्त्रिक किरात सुनुवार संघ, नेपाल (सी) तेस्रो भएको छ। तेस्रो हुने टोलीले नगद पाँचहजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा सहभागी भएका टिमहरूमध्ये इलाम युथ क्लब अनुसासित टिम घोषित भएको छ, त्यस्तै प्रतियोगिताको बेस्ट प्लेयर फ्रेण्डसीप युथक्लब दोलखा (बी)का राजकुमार सुनुवार, बेस्ट गोलकिपर फ्रेण्डसीप युथक्लब दोलखा (बी) कै नीर बहादुर सुनुवार र प्रतियोगितामा सिरिसे युवा सेवा समाजका दिलिप सुनुवा सर्वाधिक गोलकर्ता बने ।

यस खेलकुद प्रतियोगिताले सुनुवार सामुदायबीच सहकार्य, सामुहिक एकता र सद्भाव कायम गर्न सफल भएको र सुनुवार समुदायबीच भएको सबैभन्दा ठूलो फुटसल खेलकुद प्रतियोगिता भएको आयोजनाले दाबी गरेको छ।