काठमाडौं। सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा "सुनुवार राष्ट्रसेवक कप" फुटसल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । समाजले संविधान दिवस तथा समाजको वार्षिक साधारण सभाको अवसरमा फुटसल प्रतयोगिता आयोजना गर्न लागेको हो ।

समाजका अध्यक्ष अमरदीप सुनुवारका अनुसार संविधान दिवसलाई देशव्यापी रुपमा राष्ट्रिय दिवसको रुपमा मनाउन लागिएको हुँदा समाजले पनि सुनुवार समुदायका संस्थाहरूको सहभागितामा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो । सुनुवार राष्ट्रसेवक समाजको दोस्रो वार्षिक साधारण सभाको मिति तय भइसकेको हुँदा सो को अवसरमासमेत यस प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सुनुवारले बताउनु भयो । यस प्रतियोगिताले सुनुवार समुदायहरूमा एकता, सहकार्य र सद्भाव मतबुझ हुने विश्वास लिएको अध्यक्ष सुनुवारले बताउनु भयो ।

"सुनुवार राष्ट्रसेवक कप" फुटसल प्रतियोगिता २०८१ यही असोज ५ गते माकलबारी, काठमाडौं स्थित मनकामना फुटसल ग्राउण्डमा सम्पन्न हुनेछ । आयोजकका अनुसार उक्त प्रतियोगितामा ३० बढी टिमहरूले सहभागिता जनाउने भएका छन् ।

"सुनुवार राष्ट्रसेवक कप"मा प्रथम हुने टिमले नगद पच्चीस हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश नगद पन्ध्र हजार रुपैयाँस र पाँच हजार रुपैयाँहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।