अशोक कुमार राई नेतृत्वको जनता समाजबादी पार्टीको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । नेपा ब्याक्वेट खुसिबु काठमाडौ स्थित आज एक कार्यक्रम आयोजना गरि  समिति पुनर्गठन गरिएको हो ।

जय गोलेको अध्यक्षतामा ३१ सदस्यीय बागमती प्रदेश समिती पुनर्गठन भएको छ । त्यसैगरी गणेश आचार्यको अध्यक्षतामा २४ सदस्यीय नेवा: राष्ट्रिय समिति, रोज बहादुर मोत्तानको अध्यक्षतामा १७ सदस्यीय ताम्सालिङ राष्ट्रिय समिति समेत पुनर्गठन भएको छ ।

पार्टीको तत्कालीन बागमती प्रदेश समिति अध्यक्ष  जय गोलेको अध्यक्षमा आयोजित पुनर्गठन कार्यक्रममा पार्टी केन्द्रिय अध्यक्ष अशोक कुमार राई, संघिय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, पार्टी उपाध्यक्ष एबम बागमती प्रदेश इन्चार्ज शुसिला श्रेष्ठ, उपमहासचिव प्रदीप यादव लगायत केन्द्रिय सदस्य परिषद सदस्य, बागमती प्रदेश भित्रका पार्टी नेता कार्यकर्ताको अल्लेख्य उपस्थिति रहेको थियो ।