काठमाडौं। नेपाल आदिवासी जनजाति कर्मचारी मञ्चले ५० लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । मञ्चको मङ्गलबार बसेको सङ्घीय समिति बैठकले ‘नेपाल आदिवासी जनजाति कर्मचारी मञ्च अक्षय कोष सञ्चालन  कार्यविधि, २०८१’ पारित गरी कोष स्थापना गर्न लागेको हो।

मञ्चका अध्यक्ष दिलकुमार लिम्बुका अनुसार आदिवासी जनजाति युवाहरुलाई सार्वजनिक प्रशासनमा आकर्षित गर्न, नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न, अभिमुखीकरण र सशक्तिकरण कार्यक्रम सञ्लान गर्न कोष स्थापना गर्न लागिएको बताउनु भयो।  अक्षय कोषबाट आदिवासी जनजातिका क्षेत्रमा अध्ययन, अनुसन्धान र सार्वजनिक प्रशासनका विषयमा वहस एवम् पैरवी समेत गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।

अक्षय कोष स्थापनामा मञ्चका पदाधिकारी, सदस्यसहित राष्ट्रसेवक कर्मचारी, शुभेच्छुक एवम् विभिन्न दाताबाट प्राप्त भएको रकम कोषमा जम्मा गरिने बताउनु भयो। कोष स्थापना गर्ने निर्णय भएसँगै मञ्चले औपचारिक रुपमा कोषमा रकम जम्मा गर्न अपिल समेत गरेको छ।

अध्यक्ष लिम्बुका अनुसार कोषमा रकम जम्मा हुने क्रम समेत सुरु भई सकेको छ । मञ्चले स्थापना गरेको अक्षय कोषमा रकम जम्मा गर्न इच्छुक सहयोगीहरुलाई मञ्चको एभरेष्ट बैंकमा सञ्चालित खाताको नाम NEPAL INDIGINOUS NATIONALITIES EMPLYEE FORUM र खाता नम्बर 00120105200056 मा सहयोग रकम जम्मा गर्न सकिने जनाएको  छ ।