भक्तपुर मध्यपुरठीमि नगरपालिका वडा नम्बर ३ मा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । सागबारी टाेल  बिकास संस्था र समाज डेन्टल हस्पिटल काैशलटार शाखाकाे संयुक्त आयाेजनामा उत्त शिविर  सम्पन्न भएकाे हो।

टाेलबासीकाे स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा २०० जना भन्दा बढी नगरिकले सेवा लिएको सस्थाका अध्यक्ष इन्दिरा श्रेष्ठले बताउनु भयो ।

समाज डेन्टल अस्पतालका डाक्टर सफला कार्कीकाे नेतृत्वमा गरिएकाे उक्त  शिविर कार्यक्रममा वडा अध्यक्ष श्री कृष्ण हरि आचार्य, पुर्व वडा अध्यक्ष प्रेम बहादुर कुटु, वडा सदस्य गणेशमान कुटु ,राष्ट्र काे लागि २ घण्टा अभियानका उपाध्यक्ष तथा YCL नेपाल भक्तपुर जिल्ला ईन्चार्ज नरेश रन्जित लगायतको उपस्थिति रहेको थियो ।