नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखि क्याम्पसका नेता कृष्ण लामिछानेद्वारा सिन्धुली बहुमुखी क्याम्पसका प्रमुखलाई ध्यानकर्षण पत्र बुझाएको छ । आज नेता लामिछानेले क्याम्पसका विभिन्न समस्याको विषयलाई उल्लेख गदैँ क्याम्पस प्रमुख शारदामणी खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

क्याम्पसमा अघिल्लो स्नातक प्रथम वर्षको शैक्षिक कार्यक्रम समापन नहुँदै स्नातक प्रथम वर्षको नयाँ कक्षा सञ्चालन भइरहँदा क्याम्पसको प्रवाधन अनुसार विद्यार्थीहरुले पुस्तक पाउँन ढिला हुने देखिएको छ । जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या आउन सम्ने निश्चित भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै क्याम्पसद्वारा हरेक वर्ष गरिब, जेहेन्दार तथा उत्कृष्ठ विद्यार्थिहरुलाई प्रदान गरिने छात्रवृत्तिको अन्तर्वार्ता भएको १ वर्ष पुरा हँदासमेत नतिजा किन प्रकाशन भएको छैन भन्दै प्रश्नसमेत गरिएको छ । तसर्थ उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सम्पुर्ण विद्यार्थीहरुलाई क्याम्पसको प्रावधान अनुसार पुस्तकको समस्या तत्काल समाधान गर्नुपर्ने, आन्तरिक छात्रकृतिको नतिजा तत्काल प्रकाशन गरी नयाँ छात्रवृत्ति वितरणको प्रक्रिया अगाडि बढाउनु पर्ने ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।