काठमाडौं। आदिवासी  जनजाति युवा महासंघको पाँचौँ संघीय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ। महासंघको चैत्र २० र २१ गते बुटबलमा पाँचौँ संघीय अधिवेशन गर्न लागिएको र सम्पूर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष जिएस गुरुङ्ले जनाएका हुन्। 

नयाँ नेतृत्व चयनका लागि पहिचान सहितको संघीयताको लागि संविधान संशोधन, समानुपातिक समावेशी र रोजगारीका लागि पाँचौँ संघीय अधिवेशन भन्ने मुल नाराका साथ महासंघले यहि चैत्र २० र २१ गते बुटबलमा भव्यताका साथ अधिवेशन सम्पन्न गर्ने आयोजकले जनाएको छ। 

चैत्र २० गते आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा बुटबल स्थित म्यारिगोल्ड होटलमा महासंघको अधिवेशन उद्घाटन हुने र २१ गते बन्दबाट नयाँ नेतृत्व चयन हुने महासंघका अध्यक्ष जिएस गुरुङ्ले जनचासो खबरलाई बताएका छन्।

महासंघको बन्दसत्रमा सातै प्रदेशका ३२ आदिवासी जनजाति युवाहरूको घटन संगठनका करिब ३०० सय प्रतिनिधि सहभागि हुने अध्यक्ष गुरुङ्ले बताए।