सिन्धुलीमाढी। नेपाल निजामती कर्मचारी सङ्गठन सिन्धुलीद्वारा (मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति) भवन शिलान्यास गरिएको छ। सङ्गठनले कमलामाई नगरपालिका वडा नं. ५, स्थित आफ्नै जग्गामा शुक्रबार एक कार्यक्रम आयोजना गरी कार्यालय भवन शिलान्यास गरेको हो।
शहित मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति भवनको शिलान्यास संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संयुक्त रूपमा शिलान्यास गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन(नेगो) र कर्मचारी बचत तथा ॠण सहकारी संस्था लिमिटेड र सहयोग दाताहरुको सहयोगमा करिब ७५ लाख लागतमा तीन तले भवन निर्माण हुने भएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष लेखनाथ कोईरालाले नेपाल निजामती कर्मचारी सङ्गठन, सिन्धुली बागमती प्रदेशको उत्कृष्ट सङ्गठन भएकोमा बधाई ज्ञापन गर्नु भयो । उहाँले संघीय निजामती सेवा ऐनका सम्बन्धमा संगठनको तर्फबाट कर्मचारीको सेवा सुविधा र सेवा वृत्ति विकासका विषयमा देशभरबाट सुझाब सङ्कलन गरेर सरकार तथा प्रतिपक्षमा रहेका सबै राजनीतिक दलका अध्यक्षहरू समक्ष सुझाबसहितका मागहरू राखिएको बताउनु भयो । अध्यक्ष कोईरालाले लोक सेवा आयोगमा माननीय, उच्च स्तरीय तलब निर्धारण आयोगका अध्यक्ष लगायत सरोकारवालाहरू समक्ष आफ्नो सङ्गठनले निजामती कर्चारीको सेवा सुविधा र तहगत प्रणालीमा निश्चित समयावधीमा वृत्ति विकास हुनुपर्ने र अनलाई प्रणालीबाट सरुवाको व्यवस्था हुनुपर्नेमा जोडदार माग गरिएको सुझाब समेत पशे गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपाल निजामती कर्मचारी सङ्गठन, सिन्धुली निकै क्रियाशिल रहेको र सार्वजनिक प्रशासन मार्फत जनतालाई प्रवाह गर्ने सार्वजनिक सेवा प्रवाहमा समेत सेवाग्राहीको आत्मसन्तुष्टी हुने गरी सेवा प्रवाहमा लाग्नु हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो।
शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति भवनको शिलान्यास कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठन केन्द्रका अध्यक्ष लेखनाथ कोईराला, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णु अर्याल, नेपाल निजामती कर्मचारी संगठन केन्द्रका महासचिव जीवन काफ्ले, नेपाल निजामती कर्मचारी संगठनका कोषाध्यक्ष गणेश प्रसाद आचार्य, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज पुरुषोत्तम दाहाल, नेपाल निजामती कर्मचारी सङ्गठन निर्वाचन आयोग सदस्य फणिन्द्र ढुङ्गेल, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष बिन्द्रलाल माझी, सिविए सिन्धुलीका अध्यक्ष तिलक बहादुर कार्की, नेकपा एमाले पार्टिगत फ्याक्सन सह इन्चार्ज तथा पूर्व नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष गोकर्ण सुवेदी, पूर्व अध्यक्ष तथा सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी संघ सिन्धुलीका अध्यक्ष टंक प्रसाद पोखरेल, पूर्व अध्यक्ष अमर भुजेल, बुद्धिजिवी परिषद् सिन्धुलीका उपाध्यक्ष रोहित कुमार कार्की, सेवा निवृत राष्ट्रसेवक कर्मचारी संघ केन्द्रीय तदर्थ समितिका सचिव बद्रिनाथ देवकोटा, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका सिन्धुलीका अध्यक्ष बद्रिनारायण श्रेष्ठ, स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष मुकेश तामाङ लगायत जिल्ला स्थित विभिन्न कार्यालयहरूका कार्यालय प्रमुखहरू, पत्रकार तथा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीमा आवद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभुनाथ प्याकुरेल तथा कार्यक्रम सञ्चालन सचिव डिल्ली सौगात घिमिरेले गर्नु भएको थियो ।

