काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा त्यस तर्फ प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन्।

दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न चार समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। राष्ट्रपतिले भ्रमणको क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको छ, सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिने भएको छ। त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ। 

भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ। भने नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुनेछ। सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा उर्जा सहकार्यको विषय, व्यापार प्रवर्द्धनलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।