जनता समाजबादी पार्टी रामेछाप काठमाडौं सम्पर्क समितिको समायोजन सम्पन्न भएको छ । शनिबार गौरिशंकर पार्टी प्यालेस कोटेश्वर, काठमाडौं स्थित तत्कालिन समाजबादि पार्टी र राष्ट्रिय जनता पार्टीमा आबद्ध सम्पर्क समितिको समायोजन सम्पन्न भएको हो ।

समायोजनबाट अध्यक्षमा ज्ञान बहादुर तामाङ, उपाध्यक्षहरुमा राजु काफ्ले, गेल्जेन शेर्पा, रबि तामाङ, जनक गजुरेल, सचिबमा कुमार सुनवार (घनश्याम) उपसचिवमा ढाल बहादुर थापा मगर र प्रसाद सुनुवार, कोषध्यक्षमा मिना श्रेष्ठ, सदस्यहरुमा क्रमशः सागर चौलागाई, पुस्कर बिसुङ्खे, छिरिङ तामाङ, संजय सुनुवार, मकर श्रेष्ठ, सुजन कार्की, यम बिक्रम घिसिङ, यम प्रसाद गौतम, कृष्ण बहादुर योन्जन, प्रेम श्रेष्ठ, टिकाराम मोक्तान, सबिराज सुनुवार, सभागी लामा, दिपक खडका, प्रकाश सुनुवार र गुमान सिं तामाङ गरि २५ सदस्सीय सम्पर्क समितिको गठन भएको छ ।

कार्यक्रममा जनता समाजबादी पार्टी केन्द्रिय कार्यकारिणी सदस्य शरद सिंह भण्डारी, पशुराम खापुङ, गंगा नारायण श्रेष्ठ, लगाएत पार्टीका केन्द्रिय सदस्य, परिषद सदस्य, प्रदेश सदस्य, जिल्ला समितिका पदाधिकारी, बिभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ५० जना भन्दा बढी जनता समाजबादी पार्टी प्रबेश गरेका छन ।