सिन्धुली । ग्रामीण सडकखण्ड अन्तर्गत सिन्धुलीको कमलमाई नगरपालिका ७ करम डाँडाँमा बोलेरो दुर्घना हँदा ४ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डिएसपी मनोज लामाले जानकारी दिनुभयो ।
दुर्घटनामा सम्पूर्ण यात्रु तथा चालक बाँसकटेरीकै स्थानिय बासिन्दा रहेका छन् । सिन्धुली बजारबाट बाँसकटेरी जाँदै गरेको बा १७ च १११७ नम्बरको बोलेरो करम डाँडाँमा दुर्घनामा परेको प्रहरीले जनाएको छ ।
मृन्यु हुनेहरुमा बाँसकटेरीका अन्दाजी ६० वर्षिय रुद्र बहादुर थापा, १८ वर्षीय रिता यस्मालि,१९ वर्षीय दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षीय एलिस श्रेष्ठ रहेको डिएपी लामाले जानकारी दिनुभयो । घाइते ७ जना मध्ये चालक अवस्था नाजुक रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको सिन्धुली अस्पतालमै उपचार भइरहेको जनाइएको छ । बोलेरो आफै अनियन्त्रित भइृ अन्दाजी ६० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

