सिन्धुलीमाढी। सिन्धुलीमाढीमा नमुना संसद् बहस कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका विद्यार्थीहरूलाई लक्षित गरी शुक्रबार र शनिबार कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको हो । 

वेभ्स इन नौकाको आयोजनामा विद्यार्थीलाई कुटनीतिक क्षमताको विकास गराउने उद्देश्यका साथ देशको संसद कसरी चल्छ भन्नेबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई संसद भवन जस्तै सभामुख, उपसभामुख, सांसदहरू तोकेर विभिन्न दलका सांसद बनाई प्रयोगात्मक रुपमा वादविवाद गराईएको थियो ।

नमुना सांसद् बहसमा जिल्लाका करिब एक दर्जन विद्यालयका ५० विद्यार्थीहरूको सहभागिता रहेको संस्थाका उपाध्यक्ष पृथ्वी राज  सापकोटाले जानकारी दिनु भयो । बहमा जिल्लाका सिद्धस्थली, भगवती, सिन्धुली एकेडेमी, साइनिङ मुन, सिद्धबाबा, गौमती, जनज्योती, तीनपाटन र कमला विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

जिल्लामा यस किसिमको कार्यक्रम पहिलोपट गरिएको वेभ्वस इन नौकाको संस्थापक पासाङ स्याङतानले जानकारी दिनु भयो। कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य सागर कार्कीको आतिथ्यता रहेको थियो ।