रामेछाप। सुनुवार सेवा समाज रामेछाप नगर समिति गठन भएको छ। सोमबार रामेछाप नगरपालिका वडा न ४ हिमगङ्गा तिलबारिमा नौ सदस्यीय सुनुवार सेवा समाज रामेछाप नगरपालिका समिति गठन भएको हो।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको सचिव चन्द्र बहादुर सुनुवार अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका वरिष्ठ उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अमृत बहादुर सुनुवारको प्रमुख अतिथि, सुनुवार सेवा समाज संघीय समितिका निवर्तमान अध्यक्ष एवंम् वर्तमान सल्लाहकार मन प्रसाद सुनुवार, रामेछाप नगरपालिकाका सदस्य जनक सुनुवार लगाएत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम रामेछाप नगरपालिकाका विभिन्न वडा बाट सुनुवार हरुको उल्लेख्य सहभागीता रहेको थियो। सुनुवार सेवा समाज रामेछाप नगरपालिकाको नवगठित समितिमा अध्यक्षमा नारायण सुनुवार, उपाध्यक्षमा टीका बहादुर सुनुवार, सचीवमा भरतराम सुनुवार, सहसचिवमा अम्बर सुनुवार, कोषध्याक्षमा जानकी सुनुवार, सदस्यहरूमा सबिता कुमारी सुनुवार, हिरालाल सुनुवार, डम्बर बहादुर सुनुवार रहेका छन्।