रामेछाप। सुनुवार  सेवा समाज गोकुलगंगा गाउँपालिका समन्वय समिति गठन भएको छ। फागुन २३ गते आइतबार गोकुलगङ्गा गाउँपालिका कार्यालयको सभाहालमा सुनुवार सेवा समाज गोकुलगङ्गा गाउँपालिका समिति गठन भएको हो।

सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको सचिव चन्द्र बहादुर सुनुवार अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका वरिष्ठ उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सचिव प्रविण सुनुवार, सुनुवार सेवा समाजका पूर्व संघीय समिति सदस्य कुलराज सुनुवार लगाएत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम गोकुलगंगा गाउँपालिकाका विभिन्न वडाबाट सुनुवारहरूको उल्लेख्य सहभागीता रहेको थियो। भेलाले नौ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा मीन बहादुर सुनुवार, उपाध्यक्षमा कुमार सुनुवार, सचिवमा नबराज सुनुवार, सह-सचिवमा नीर बहादुर सुनुवार, कोषध्याक्षमा नरमाया सुनुवार, सदस्यहरुमा क्रमश सजिना सुनुवार, प्रदिप सुनुवार, कृष्ण बहादुर सुनुवार, ढाल कुमार सुनुवार रहेका छन् ।