सिर्जना रसाइली, रामेछाप। गाेकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले सबै भाषाभाषी धर्मलम्बीहररूकाे संरक्षण गर्ने सबैकाे भएकाे जिकिर गर्नुभएकाे छ । शुक्रबार चुचुरेकाे गर्जाङमा श्री गर्जाङ्ग खिम्ति समाज सेवा समुहले आयाेजना गरेकाे झण्डा उत्ताेलन कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नेपाल बहुजाति, बहुभाषिक, बहुसास्कृतिक, बहुधर्मलम्बीहरूले मिलेर बनेकाे भन्दै उहाँले यसकाे सबै मिलेर जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । अध्यक्ष खड्काले इतिहासमा पुर्खाले गरेका कामकाे संरक्षण र सम्बर्द्धन गर्नुपर्ने जिम्मेवारी आएकाे बताउनुभयाे ।
उहाँले गाेकुलगंगा गाउँपालिकाले धार्मिक, सास्कृतिक, पर्यटनका दृष्टिले सम्भावना बाेकेकाे र सबै मिलेर संरक्षण सम्बर्द्धन गरि विगतलाई पहिचान गर्न सकेमा गाउँपालिकाकाे पहिचान हुने जिकिर गर्नुभयाे । यस्तै अध्यक्ष खड्काले भाबी दिनमा गाेकुलगंगा गाउँपालिकाकाे उन्नति र प्रगतिमा लागि रहने प्रतिबद्वता जनाउनुभयाे ।

