काठमाडौं। सुनुवार राष्ट्रसेवक समाज संस्थागत रुपमा विधिवत दर्ता भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन, २०३४ बमोजिम समाज दर्ता भएको हो। 

समाजका तदर्थ समितिका अध्यक्ष अमरदीप सुनुवारले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुनुवार राष्ट्रसेवक समाज संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम सोमबार विधिवत रुपमा दर्ता भएको जानकारी दिनु भएको हो।

अध्यक्ष सुनुवारका अनुसार संस्थाले सुनुवार राष्ट्रसेवक कर्मचारीहरुवीच आपसी एकता, सद्भाव, सहयोग र समन्वयका कार्यक्रमहरु सञ्चालन गर्ने, सार्वजनिक प्रशासनको क्षेत्रमा मानव शंसाधन विकासका सरोकारवालाहरुसँग समन्वय गरी कार्यक्रमहरु गर्ने, समुदायको सशक्तिकरण, विकास निर्माण सहजीकरण, प्राज्ञिक अध्ययन अनुसन्धान र प्रकाशन लगायतका कार्यहरु गर्ने, सुनुवार राष्ट्रसेवक कर्मचारीहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र धारण विकास क्षमता अभिवृद्दी सम्बन्धी कार्यक्रमहरु गर्ने, सुनुवार समुदायका व्यक्तिहरुलाइ राष्ट्रसेवक कर्मचारीहरुको सेवा गर्न उत्प्रेरित गरी राष्ट्रसेवक कर्मचारी भइ राष्ट्रनिर्माण प्रकृयामा सहयोग गर्न अभिमुखीकरण तथा सबलीकरणको कार्यक्रमहरु संचालन गर्ने, सुनुवार राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षा, व्यवसायिक हक हित संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील रहने, सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयहरुमा गोष्ठी, छलफल, अन्तरक्रिया र राष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गरी अनुभव आदान-प्रदान गर्ने, समाजसँग भाईचारा कायम हुनसक्ने प्रकृतिका संस्थाहरुसँग सम्बन्ध विस्तार गरी आपसी छलफल तथा अनुभव आदान प्रदान लगायतका संस्थाको उद्देश्य रहेको बताउनु भयो।

त्यस्तै, संस्थाले संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरि आफ्ना उद्देश्य अनुसारका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने समेत अध्यक्ष सुनुवारले बताउनु भयो। साथै अध्यक्ष सुनुवारले संस्था दर्तामा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण निकाय तथा संस्थाका पदाधिकारीहरूलाई समेत धन्यवाद दिनु भएको छ।  

गत कार्तिक १३ गते सुनुवार समुदायबाट नेपाल सरकारको विभिन्न सेवामा आबद्ध सुनुवारहरूले "सुनुवार राष्ट्रसेवक समाज" को तदर्थ समिति गठन गरेका थिए ।