काठमाडौं। सरकारले संघीय संसद्को पहिलो बैठक तथा हिउँदे अधिवेशन पुसको तेस्रो साता बोलाउने निर्णय गरेको गरेको छ।

सोमबार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले पुस २९ अगावै संघीय संसद्को बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान अनुसार पुसको तेस्रो साता बैठक बोलाउने निर्णय गरिएको हो।