रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुको  मतदान केन्द्रमा प्रदेश एबम प्रतिनिधि सभा निर्वाचनको लागी सम्पुर्ण तयारी पूरा भएको छ । १८६८ जना मतदाता रहेको फर्पु वडा कार्यालयमा क र ख गरि जम्मा २ वटा मतदान केन्द्र रहेको छ । (क) केन्द्रमा ९२४ जना र (ख) केन्द्रमा ९४४ जना मतदाता रहेको सहायक मतदान अधिकृत रमेश कुमार खत्रीले बताउनु भयो । मतदान बिहान ७:०० बजे देखी सुरु भई साँझ ५:०० सम्पन्न हुने पनि स्रोतले जनाएको छ ।