काठमाडौं । यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा गर्ने नेपाल सरकारले निर्णय गरेको छ । 

मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु ४ गते र ५ गते विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

सूचना हेर्नुहोस्