काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार राति भूकम्पका कारण डोटीमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले ट्वीटमार्फत भूकम्पका कारणले डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय आठ परिवारका घर भत्केर छ जनाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । पूर्व प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

