वासिङ्टन। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गर्नु भएको छ ।  जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ।  

"राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन  र त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छ" राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गर्नु भएको छ। 

उहाँले सुलिभानले थप  ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी-७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न  सैन्य सामग्री हस्तान्तरण गर्नु भएको  बताउँनु भएको छ ।  

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने बताउँनु भएको छ।  
यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७.६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा माइनिङ तालिम परियोजना शुरु गरेको  थियो।