सिन्धुलीमाढी। नेकपा एमालले सिन्धुलीको क्षेत्र नम्बर २ को सुनकोसी गाउँपालिकास्थित दुम्जामा रहेको जननायक स्वर्गीय विपी कोइरालाको फोटोमा माल्यार्पण गरी चुनावी अभियान शुरु गरेको जनाएको छ ।
आइतवार नेकपा एमालेले नेकपा एमालेले औपचारिक रुपमा सुनकोसी गाउँपालिकाबाट चुनावी अभियान प्रारम्भ गरेको हो । नेकपा एमालेले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीसहित गिरिजाप्रसाद कोइराला, मातृका कोइराला र शुशील कोइरालाको पुर्ख्यौली थलो सुनकोसी गाउँपालिका २ नम्बर वडास्थित दुम्जाबाट चुनावि अभियान शुरु गरेको छ ।
विपीको फोटोमा माल्यार्पणगर्दै सिन्धुलीको क्षेत्र नम्बर २ का एमालेका प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्यको उमेदवार मनोजजंग थापाले माल्यार्पणका लागि मूर्ति समेत नहुनु दुर्भाग्य भएको बताए । थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरणगर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगरी बलियो बनाउन आफु निरन्तर लाग्ने प्रतिवद्धता जनाए । उनले नेपालका ऐतिहासिक क्रान्तिमा कोइराला परिवारले गरेको योगदानको स्मरण गर्दै सुनकोसीमा ऐतिहासिक थलो हुदाँहुदैँ पनि यसको संरक्षण र सम्बद्र्धन नहुनु दुखद भएको बताए । सिन्धुली क्षेत्र नम्बर २ प्रदेश २ का प्रदेशसभा सदस्य उम्मेदवार विनोद खड्काले सुनकोसीको समग्र विकासमा आफूले अघिल्लो कार्यकालमा धेरै बजेट ल्याउन सफल भएको जनाएका थिए ।

